पृष्ठभूमी


सिन्धुली अस्पतालबाट सञ्चालित कार्यक्रमहरुको प्रगति, स्वास्थ्य सूचकहरुको तुुलनात्मक अवस्था तथा आर्थिक, भौतिक, सामाजिक, मानव संसाधन लगायतका श्रोत साधनहरुको उपलब्धता आदिलाई समेटी जिल्लाको संक्षिप्त चिनारी सहित बार्षिक प्रतिवेदन प्रकाशित गरिएको हो । यो प्रतिवेदन जिल्ला भित्र सेवा प्रदायक संस्था, सेवा उपभोगको अवस्था, महिला गरिव पिछडिएका र भौगोलिक अवस्थाले दुर्गममा बस्ने जनताको स्वास्थ्य सेवा उपभोगको अवस्थालाई हुबहु समेटिएको छ । यस प्रतिवेदनको मुख्य आधार जिल्ला सरोकारवाला संघसंस्थाबाट प्रकाशित सामाग्रीहरु र जिल्ला अस्पतालबाट प्रदान गरिएका सेवाहरुको संकलित सूचनाहरु नै रहेको छ ।

नेपालको संविधानले स्वास्थ्य सेवा जनताको अधारभूत अधिकारको रुपमा आत्मसात गरी नागरिकको स्वास्थ्य प्रति राज्यको दायित्वको ऐतिहासिक रुपमा स्थापित गरेको हुनाले नागरिकको सार्वजनिक सेवाप्रतिको चासो र यसको प्रभावकारी अनुगमनलाई थप बल पु¥याउन सुशासन (संचालन तथा ब्यवस्थापन) ऐन २०६३ तथा नियमावली २०६४, सुचनाको हक सम्बन्धी ऐन २०६३, निजामति सेवा ऐन २०४९ तथा नियमावली २०५०, स्वास्थ्य ऐन २०५३ तथा नियमावली र स्थानीय निकाय (आर्थिक प्रशासन नियामावली, २०६४) बमोजिम स्थानिय तहमा संचालन हुने कार्यक्रम तथा सेवा प्रवाहलाई जानकारी गराउने उद्देश्यले यो प्रतिवेदन तयार पारिएको हो ।